संविधानमा सहमति भइसकेपछि राष्ट्रिय सरकार गठन – नेता ओली

पुष १४, काठमाडौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्धारित समय माघ ८ भित्रै संविधान जारी हुने बताउनुभएको छ । उहाँले संविधान निर्माणका विषयमा हदैसम्म लचकता अपनाउने र सहमति हुन नसकेका विषयलाई प्रक्रियामा लैजाने बताउनु भयो । विभिन्न विकल्पमध्ये कुनै एक विकल्प अपनाएर तोकिएकै समयमा संविधान जारी गर्ने अध्यक्ष ओलिको भनाइ रहेको छ । पार्टीकामको शिलशिलामा विराटनगर पुग्नु भएको उहाँले देशलाई नोक्सान पार्ने कुनै पनि सहमति नहुने स्पष्ट पार्दै जनताका चाहना अनुरुप संविधान दिन पार्टी लचिलो रहेको बताएका छन् ।

मुलुकमा १४ वटा प्रदेश बन्ने सम्भावनाबारे राखिएको जिज्ञासामा उहाँले प्रदेशको सङ्ख्यामा छलफल चलिरहेको भन्दै संविधानमा सहमति भइसकेपछि राष्ट्रिय सरकार गठनको सम्भावना रहेको बताउनु भएको छ ।