एमालेले गर्यो आन्तरिक संरचनामा हेरफेर

पुुस १, काठमाडौँ-नेकपा एमालेले पार्टीको विभागीय संरचनामा हेरफेर गरेको छ । एमालेले सरकार र योजना आयोगका संरचनामा व्यापक हेरफेर गरेको एमालेका सचिव योगेश भट्राइले जानकारी दिए । आज सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकले संविधानसभाको निर्वाचनका बेला दलहरूले गरेको प्रतिवद्धता र संविधानसभाले पारित गरेको कार्यतालिकाअनुसार माघ ८ भित्रै संविधान जारी गर्न जोड दिएको भट्राइले बताए ।

बैठकले दलहरूबीच चल्दै आएको वार्ता तथा छलफलहरूलाई पनि सघन निश्कर्षमा पुर्याउन पनि आग्रह गरेको छ । पार्टी केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई एक एक ओटा कार्य क्षेत्रको जिम्मा दिने गरि संरचनाहरु प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्यहरु सबैले बोल्दा बैठक एक हप्ता लम्बिने भन्दै उनीहरुका लिखित सुझाव ३ दिनभित्र केन्द्रीय सचिवालयमा पेश गर्न भनिएको छ ।

त्यस्तै बैठकले सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेका ज्यादती, नेपाली मजदूरहरूमाथि हुने ज्यादतीलगायतका विषयमा पनि ध्यानाकर्षण भएको जनाएको मुख्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।