हिमपातका कारण सुदुरपश्चिमको जनजीवन प्रभावित

पुुस १, डडेल्धुरा -भारी हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात सेवा गए रातिदेखि अवरुद्ध भएको छ ।  सोमबार दिउँसोदेखि नै सुदूरपश्चिमका पहाडी क्षेत्रमा भएको हिमपातका कारण भीमदत्तलगायत मुख्य राजमार्ग बन्द भएपछि यातायात सेवा बन्द भएको हो । यातायात सेवा अवरुद्ध हँुदा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् ।

बढ्दो चिसोका कारण यात्रुको बिचल्ली भएको छ भने स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ ।  यातायात सुचारु गर्न पहल भइरहेको स्थानीय प्रशासनले जनाएको छ । भारी हिमपात, सुदूरपश्चिम

केही दिनयताको वर्षाका कारण चिसो बढेपछि सोमबार दिउँसो र राति सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो । आज बिहानैदेखि मौसममा केही सुधार भएपछि स्थानीय बासिन्दाले आंशिक राहत महसुस गर्न थालेका छन् ।