दुर्घटना न्युनिकरण गर्न आवश्यक सबै उपाय अपनाउन सुशासन समितिको निर्देशन

पुुस १, काठमाडौँ- व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिले सडक सुशासन तथा सुरक्षा र विद्यमान ऐनको प्रभावकारी कार्यान्वयन, पुनरावलोकन तथा आवश्यक परिमार्जन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
दुर्घटनाका घटना बढ्दै जान थालेपछि समितिले आजको बैठकमा सडक सुशासनमा देखिएका समस्या तथा सडक यातायातलाई व्यवस्थित बनाउन सरकारले गरेका पहल सम्बन्धमा उपप्रधान तथा गृह मन्त्री बामदेव गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायतसग जानकारी लिएको हो ।
छलफल पछि समितिको बैठकले सडक सुशासन र अनुगमनमा केन्द्रदेखि स्थानीयतह सम्म उपलब्ध श्रोत साधनको सहि परिचालन र अनुगमनको प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ । गृहमन्त्री गौतमले दुर्घटना कम गर्नका लागि सम्बन्धित दोषीलाई कडा कारबाही गर्नुको साथै जरिवानाको रकम बढाउनुपर्ने बताउनुभयो ।
गृहमन्त्री गौतमले विद्यमान नियम कानुनलाई कडाई गर्नुपर्ने बताइरहदा भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिले भने चालकका कारण दुर्घटना हुने गरेकाले मुख्य दोषी चालक नै रहेको दाबी गर्नुयभो ।
बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले श्रोत साधनको कमि र कामका लागि आवश्यक आर्कषण नभएकाले उपलब्धी मूलक काम गर्न कठिनाई भएको बताउनुभएको थियो । बैठकमा सभासदले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट प्रणाली, सडकको स्तरउन्नती हुन नसक्नु लगायत दुर्घटनाका कारण भएकाले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकषर््ाण गराएका थिए । आजको बैठकमा यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक बसन्त अधिकारी र नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष दिनेश भण्डारीलाई पनि बोलाइएको थियो ।