मेसिन बिग्रिदा शल्यक्रिया प्रभावित, बिरामी मर्कामा

पुष १, विराटनगर -विराटनगरस्थित कोसी अञ्चल अस्पतालको हाडजोर्नी विभागको मेसिन बिग्रिदा शल्यक्रिया सेवा प्रभावित बनेको  छ ।  तीस लाख पर्ने सो मेसिन बिग्रिएपछि बिरामी मर्कामा परेका छन् ।

ठुलो लागतको मेसिन अस्पतालले बनाउन नसक्दा सेवा प्रभावित भएको हाडजोर्नी विभागका प्रमुख डा मुकुन्द दाहालले बताए ।

मेसिन बिग्रिएकाले अस्पतालमा उपचार गराउन आउने बिरमी निजी तथा महगां अस्पतालमा जान बाध्य बनेका छन् ।  अस्पतालले मेसिनको मर्मत गर्ने बताएपनि ठुलो लागत लाग्ने भएकाले केही समय लाग्ने बताएको छ ।