प्रतिवेदनमाथिको छलफल र शीर्ष नेताहरुबीचको छलफल अब सँग सँगै

पुष १, काठमाडौँ-संविधानका विबादित विषयमा सहमती खोज्न प्रमुख तीन दलको बैठक आज पनि बस्ने भएको छ । सभामा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफल र शीर्ष नेताहरुबीचको छलफल सँग सँगै अघि बढाइने काँग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाले जानकारी दिए ।

शीर्ष दल सहित मधेसी  मोर्चाको हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको भए पनि आज दुईटै छलफलबाट सहमति खोजिने नेता सिटौलाको तर्क छ । छलफल साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संविधानका विबादित विषयमा सहमति नजिक पुगेका दलहरुबीच संघियता सहितका केही विषयमा फरक फरक प्रस्तावका कारण ढिला भइरहेको बताइएको छ ।