अष्ट्रेलियामा बन्दुकधारी सहित तीन मारिए

पुष १, काठमाडौँ-अष्ट्रेलियाको सिड्नीमा एकजना बन्दुकधारीले मानिसहरुलाई बन्धक बनाएको एउटा क्याफेमा सुरक्षाकर्मीले कारवाही गर्दा बन्दकधारीसहित तीनजना मारिएका छन्।  कमाण्डोहरुले कारवाही गरी झण्डै १६ घण्टा लामो बन्धक प्रकरण अन्त्य गरेको अधिकारीहरुले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, घटनामा मारिनेहरुमा लिन्ट क्याफेका व्यवस्थापक ३४ वर्षीय टोरी जन्सन र ३८ वर्षीया वकिल कट्रिना डाव्सन रहेका छन्। घटनामा एकजना प्रहरीसहित चार जना घाईते भएका छन्। यो घटनाले हाम्रो जस्तो खुला र उद्दार मुलुकपनि राजनीतिक रुपले पूर्वाग्रही हिंसाको खतरामा रहेको देखाएकोछ, तर सामना गर्नका निम्ति हामी तयार छौं भन्ने कुरा पनि त्यसले देखाएको छ ।

अधिकारीहरुका अनुसार, मृतकहरुको सम्झनामा न्यु साउथ वेल्समा झण्डा आधा झुकाईनेछ। स्वीस चक्लेट निर्माता लिन्टले मानिसहरु हताहत र घाईते भएकोबाट स्तब्ध भएको र त्यसको पीडाले सताईरहने जनाएको छ।  बिबिसी