कास्कीमा मात्रै अख्तियारमा हजार भन्दा बढी उजुरी

मङ्सिर २५, कास्की-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  पश्चिमाञ्चल कार्यालय, पोखरामा आर्थिक वर्ष २०७०÷०७१ मा विभिन्न खाले एक हजार ३२ वटा उजुरी परेका छन्  । अख्तियारका उपसचिव लोकमणि बस्यालका अनुसार तीमध्ये १३१ फस््र्योट भएको छ  । त्यस्तै  सातवटा मुद्दा विशेष अदालतमा दायर भएका छन्  ।

बस्यालले अख्तियारको क्षेत्रीय कार्यालय पोखराले यही अवधिमा विभिन्न मुद्दामा तोकिएको बिगो र जरिवाना रु ३४ लाख राजस्व सङ्कलन गरेको बताए । पोखरा विश्वविद्यालयमा भएको अनियमितता पश्चिमाञ्चलमा भएको सबैभन्दा ठूलो भ्रष्टाचारजन्य मुद्दा हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पश्चिमाञ्चल प्रमुख शङ्करबहादुर थापाले घरेलु समस्यादेखि ठूला भ्रष्टाचारका मुद्दाको उजुरी पनि अख्तियारमा पर्ने गरेको जानकारी दिँदै यो वर्ष क्षेत्रीय कार्यालयबाट सोचेभन्दा बढी काम हुने जिकिर गरे ।

  निजी क्षेत्र, न्यायालय, गैरसरकारी संस्था, सेनाको अनुसन्धान अख्तियारको दायरामा नआउँदा सोचे अनुसार भ्रष्टाचार हुने क्षेत्रहरुमा प्रवेश गर्न नपाएको अख्तियारका अधिकारीहरुको गुनासो रहेको छ ।