अघि अघि मेसी पछि पछि रोनाल्डो

काठमाडौँ-क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलबाट सुरु रियालको सफलताको कथा अल्भारो मेड्रानको चौथो गोलमा गएर टुंगिँदा टोलीले समूह चरणका सबै ६ खेल जित्ने तथा सबैखाले प्रतियोगितामा गरी लगातार १९ खेल जित्ने कीर्तिमान बनायो । साविक विजेता रियालले १९औं मिनेटमा विपक्षी फरवार्ड मार्सेलिनोको ह्यान्डमा राम्रो मौका पायो।

ह्यान्डका कारण मार्सेलिनोले रातो कार्ड पाए भने रियालले पेनाल्टी पायो। रोनाल्डोले २०औं मिनेटमा त्यही पेनाल्टी गोलमा परिणत गर्दै च्याम्पियन्स लिगमा व्यक्तिगत गोलसंख्या ७२ पुर्योए। जुन बार्सिलोनाका लियोनल मेसीको कीर्तिमानभन्दा दुई कम हो। गारेथ बेलले ३८औं मिनेटमा रियालको अग्रता दोब्बर पारे भने मेड्रानले ८८औं मिनेटमा चौथो गोल गर्नुअघि अल्भारो अर्बेलोवाले ८०औं मिनेटमा तेस्रो गोल गरेका थिए।

युभेन्ट्सले परम्परागत इटालियन फुटबल खेल्ने क्रममा नकआउट चरणलाई छानिसकेको एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी नतिजा निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्यो । बराबरीपछि एट्लेटिको १३ अंकसाथ समूह विजेता बन्दा युभेन्ट्सले १० अंक लिएर यात्रा अघि बढाएको हो। समूह ुएु को अर्को खेलमा माल्मो एफएफ ९३० माथि ४–२ को विजय पाए पनि युभेन्ट्सको बराबरीका कारण ओलम्पियाकोसको अगाडि बढ्ने सम्भावना समाप्त भयो।