सेनाले चलाएको अश्रुग्यासले मन्त्रीको ज्यान लियो

काठमाडौँ-इजरायमा जारी प्रर्दशनमा अश्रुग्यास लागेर मन्त्रीको मृत्यु भएको छ । दोहोरो झडपका क्रममा सेनाको गोली लागेर मन्त्रीको ज्यान गएको बिसिीले जनाएको छ । बिबिसीका अनुसार इजरायल तथा प्यालेस्टाइनको सीमाना क्षेत्रस्थित वेस्ट बैंकमा भैरहेका प्रदर्शनका क्रममा अश्रुग्याँसले लागेपछि मन्त्री जियाद अबु इएनको मृत्यु भएको हो ।

उनको मृत्युका बिषयमा मिडियाहरूमा बिभिन्न खाले टिप्पणीहरू आएका छन् । प्यालेस्टाइनी चिकित्सकहरूले भने अश्रुग्याँस लागेर उनको स्वास्थ्यमा जटिलता देखिएपछि यसैकारणले उनको ज्यान गएको बताएका छन ।

मन्त्रीको मृत्युको बिषयलाइ लिएर निकैनै टिका टिप्पणीहरू हुन थालेपछि इजरायलका रक्षा मन्त्री मोशे यालोनले एक विज्ञप्ति प्रकाशित गरेका छन, जसमा उनले मन्त्री इएनको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन ।