कांग्रेस बैठकमा संविधानदेखि भातृसंगठन सम्मका विषयमा छलफल हुने

मंसिर २५, काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । लामो समयपछि काँग्रसले आज बोलाएको बैठकमा संविधानका विवादित अन्तर्बस्तु, पार्टीभित्र खुमबहादुर खड्का लगायतले चलाएको धार्मिक अभियानलगायतका विषयमा छलफल हुने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।

प्रवक्ता बडुका अनुसार आजको बैठकमा राष्ट्रिय राजनीति र पार्टीगत ऐजेण्डामा छलफल हुनेछ ।  पार्टीको आन्तरिक विवाद र भ्रातृ संगठन नेविसंघको विवादका विषयमा पनि छलफल हुने भनिएको बैठक अहिले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।