एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको भावी रणनीति तय गर्ने

मंसिर २५, काठमाडौँ-हिजोदेखि सुरु भएको नेकपा  एमाले केन्द्रिय समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकमा भोलि हुने भनिएको स्थायी समिति, पोलिटब्युरोको चुनाव त्यसका लागि गर्ने सहमतिका विषयमा छलफल हुने सचिव योगेश भट्राइले जानकारी दिए । सचिव भट्राइका अनुसार बिहान केन्द्रीय समितिको बैठक अघि पदाधिकारी बैठक बस्नेछ । हिजो र अस्तिका बैठक अध्यक्ष केपी शर्मा ओलीकहो मन्तब्यमा समिति रहेकाले आज एजेण्डामा पैवेश गर्ने नेताहरुले बताएका छन् । केन्द्रीय समितिको बैठक बस्नुअघि बिहान १० बजे पदाधिकारीहरू बैठक बस्दैछ । अघिल्लो बैठकमा नेता माधव नेपालले अघि सारेको सात बुँदे असहमतिलाई कसरी सम्बोधन गर्ने र स्थायी समिति, पोलिटब्युरो कुन विधिबाट चयन गर्ने भन्नेमा नेताहरूबीच विवाद छ । नेता नेपालले ओलीको कार्यशैली र निर्णयहरूमाथि प्रश्न उठाउँदै लिखित असहमति पेस गरेका गरेका थिए ।