एक कार्यकालका लागी अध्यक्ष पद बाबुरामलाई हस्तान्तरण गर्न प्रचण्ड तयार

मंसिर २४, काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीको अध्यक्ष पद बरिष्ठ नेता बाबुराम भट्राइलाई  हस्तान्तरण गर्न आफु तयार रहेको बताएका छन् । राजधानीमा माओवादी नेता बर्षमान पुनको घरमा भएको  दुई पक्षिय नेता सहभागी छलफलले बाबुरामलाई अध्यक्ष मान्न तयार भएको बाबुराम निकट नेता देबेन्द्र पौडेल सुनीलले जानकारी दिए । सो गोप्य छलफलमा नेता नारायण काजीले भने असन्तुष्टी जनाउँदै सहभागीता जनाएका थिएनन् ।

छलफलले बाबुरामलाई अध्यक्ष  बनाउन  प्रचण्ड पनि तयार भए पनि उनलाई  बढीमा  एक कार्यकाल अर्थात चार वर्षपछी स्वतह नयाँ पुस्तालाई पद हस्तान्तरण गर्नुपर्ने प्रचण्डले सर्त राखेका छन् । जसका लागी माओवादीले छिटो भन्दा छिटो विशेष महाधिवेशन गर्ने जनाएको छ ।  विशेष महाधिवशेनबारे छलफल गर्न मंसिर २८ गतेदेखि केन्द्रीय समितिको बैठक बस्दैछ ।