संविधानसभा बैठकमा आज संवाद समितीलेको प्रतिवेदश पेश हुने

मंसिर २४, काठमाडौँ-संविधानसभाको  बैठक आज बस्दैछ ।  ११  बजे पछि संविधानसभाभवन वानेश्वरमा बस्ने बैठकमा आज  राजनीतिक संवाद तथा सहमति समितिका तर्फबाट सभापति बाबुराम भट्टराईले पेश गरेको प्रतिवेदन पेश गर्ने कार्यतालीका छ । यस अघि हिजोको बैठकमा सभासद हरि खड्काको निधनका कारण शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको थियो ।

एक महिनाभन्दा ढिलो गरी संवाद समितिले प्रतिवेदन बुझाएपछि लामो समयपछि संविधानसभाको बैठक बस्न लागेको हो । संवाद समितिको प्रतिवेदन पेस भएपछि दुई दिन सभासदहरुलाई अध्ययनका लागि समय दिइने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानारी दिए । शर्माका अनुसार भोलि र पर्सी वैठक स्थगन गरिनेछ ।  यसैबिच  दलहरुबीच नयाँ सहमति नभए त्यही प्रतिवेदनलाई संविधानसभामा छलफल गराउने तयारी छ ।