सहमति जुटाउन शीर्ष दल र मधेसवादीबिच विभिन्न चरणमा छलफल जारी

मंसिर २५, काठमाडौँ-राजनीीतक संवादख तथा सहमती समितिले संविधानसभामा प्रतिवेदन पेश गरेसँगै र संविधानका विवादित मुद्दामा केही सहमति भएका बेला दलहरु फेरी थप छलफलका लागी कसरतमा छन् । संविधानका बाँकी विबादित विषयमा आन्तरिक धारणा बनाउन बुधबारदेखि प्रमुख तीन दल छलफलमा जुट्न लागेको संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । ३ दललाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि साथ दिने बताइएको छ ।

मोर्चाले आजबाटै आन्तरिक र द्विपक्षीय छलफलमार्फत विवादको घेरा साँघुरो बनाएर औपचारिक सहमतिको प्रयासमा लाग्ने मधेसी नेता उपेन्द्र यादवले जानकारी दिए । विभिन्न चरणमा  हुने छलफलमा एमाले–मधेसवादी, एमाले–एमाओवादी, कांग्रेस–मधेसवादी, कांग्रेस–एमाओवादी तथा एमाओवादी–मधेसवादी दलबीच छलफल गर्ने तय भएको नेताहरुले बताएका छन् ।

भोलिदेखि संविधानसभामा संवाद समितिले बुझाएको प्रतिवेदनमाथि छलफल सुरु हुने भएकाले दलहरुबीच त्यसअघि नै सहमति जुटाउने प्रयासमा छन् । आज दुईपक्षीय र आन्तरिक छलफलपछि भोलि चार पक्षबीच निर्णायक छलफल गर्ने स्रोतले जनाएको छ ।