ज्वाईंद्धारा ससुराको हत्या

मंसिर २४, बुटवल-बुटवलका श्यामसुन्दर चौधरीको उनकै ज्वाईले करौतीले घाँटी रेटेर हत्या गरेका छन् । श्रीमतीलाई आफुसँग डिभोर्स गर्न बाध्य तुल्याएर अन्तै विबाह गर्न उक्साएको भन्दै  ससुराको हत्यामा  ज्वाई नै संलग्न भएको स्थानीयको आरोप छ । चौधरीको घरमै सुतिरहेको अवस्थामा हत्या भएको थियो । ४५ वर्षीय चौधरीको हत्याबारे प्रहरीले भने अनुसन्धान जारी रहेको भन्दै केही खुलाएको छैन ।