आज अन्तर्राष्ट्रिय उड्डयन दिवस नेपालमा पनि मनाईंदै

मंसिर २१, काठमाडौँ-अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।

हवाइ यात्रालाई सुरक्षित बनाउन सबैलाई जागरुक गर्दै हवाइ यात्राको पहुँच विस्तार गर्ने उद्देश्यले यो दिवस डिसेम्बर ७ तारिक अर्थात आजकै दिन  संसारभर एकैसाथ मनाउने गरिन्छ ।

हवाई उड्डयन सुरक्षा तथा अन्तर्राष्ट्रिय उड्डयन नियमन गर्ने उद्देश्यले स्थापित आइकाओले सन् १९९४ देखि डिसेम्बर ७ तारिखलाई आईकाओ दिवस मनाउँदै आएको छ ।