सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मंसिर २१, महोत्तरी-महोत्तरीको सोनामाई ६ इनर्वामा गएराती ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोनामाईबाट खेत जोतेर रामगोपालपुर तर्फ आउँदै गरेको ज १ त ३७५५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा दुईजनाको मृत्यु भएको प्रहरुीले जनाएको छ ।

प्रहरुीका अनुसार ट्रयाक्टरमा सवार सोनामाई ६ का  १५ बर्षीय बिश्वनाथ कुमार यादव र सोही ठाउँ बस्ने १६ बर्षीय अशोककुमार  यादवको घटना स्थलमा नै ज्यान गएको हो । दुर्घटना लगतै ट्रयाक्टर चालक फरार रहेकाले खोजी कार्य भईरहेको जिल्ला  प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।