एमाले पदाधिकारी बैठक बस्दै

मंसिर २१, काठमाडौँ-लामो समय पछि नेकपा एमालेको पदाधिकारी बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बस्ने बैठकमा अब बस्ने संविधानसभाको बैठकमा पार्टीका सभासद्हरुको भूमिका, भोलिदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डलगायत विषयमा पनि छलफल हुने नेता भानुभक्त ढकालले जानकारी दिए । नेता ढकालका अनुसार आजको बैठकमा सरकार विस्तारका लागि छलफल हुनेछ । बैठक बिहान ११ बजे पछि बस्नेछ ।