आँखा तन्काउँदै अख्तियार, हजार जनाको सम्पति गोप्यरुपमा अनुसन्धान सुरु

मंसिर १९, काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब एक  हजार जनाको सम्पति गोप्यरुपमा अनुसन्धान गरिरहेको जनाएको  छ । अख्तियार  प्रमुख लोकमानसिंह कार्कीले शुक्रबार संसदको सुशासन तथा अनुगमन समितिमा बोल्दै शंकास्पद व्यक्तिहरुको गोप्य रुपमा अनुसन्धान भइरहेको तथ्य खुलाएका हुन् ।

उनले ति व्यक्तिको खातामा जम्मा ५ सय रुपैयाँ मात्रै भेटिएकाले अनुसन्धानमा चुनौति देखिएको बताए । कार्कीले भ्रष्टाचार सानो ठूलो नहुने भन्दै  उजुरीका आधारमा अनुसन्धान गर्ने भएकोले सानालाई समात्ने र ठूलालाई छोड्ने गरेको आरोपमा सत्यता नभएको बताए।  कार्कीले अख्तियारले क्षेत्राधिकार ननाघेको दाबी गरे।