‘केशव दुवाडी ललितकला स्मृति’ बाट कलाकार शाह सम्मानीत

मंसिर १९, काठमाडौँ- ‘केशव दुवाडी ललितकला स्मृति सम्मान–२०७१’ कलाकार शशिविक्रम शाहलाई प्रदान गरिएको छ ।  ‘घोडा’लाई नै मुख्य विषय बनाई कलाकारिता गर्दै आउनुभएका चित्रकार शाहलाई पाँच दशक अघिदेखि चित्रकलाको प्रवद्र्धनमा योगदान पु¥याएबापत पहिलो पटक सो सम्मान प्रदान गरिएकोे हो ।  नेपाल ललितकला प्रतिष्ठानका अध्यक्ष रागिनी उपाध्यायले कलाकार शाहलाई सो सम्मान अर्पण गर्दै उहाँको घोडाको प्रतिविम्ब मनोविज्ञानसँग जोडिएको बताइन् । सम्मानीत कलाकार  शाहले पहिलो पटक प्रतिष्ठानले आफूलाई सम्मान गरेकामा खुसी व्यक्त गर्दै कलाकार दुवाडीबाट आफूलाई कलाक्षेत्रमा लाग्ने प्रेरणा मिलेको उल्लेख गरे ।