मधेसी मोर्चाद्धारा राष्ट्रिय सरकारको विषय अस्विकार

मंसिर १९, काठमाडौँ-संविधान निजर्माण प्रक्रियामा सबैदलहरुलाई समावेश गराउन भन्दै राष्ट्रिय सहमतिको सरकारको कुरा उठीरहेका बेला सोही विषयमा छलफल गर्न आज नेकपा एमाले र मधेसी मोर्चा बिच छलफल भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफलमा  एमालेले मधेसवादी दलहरुसँग राष्ट्रिय सरकार निर्माणको प्रस्ताव दोहोर्याएको थियो ।

सो अवसरमा संविधानका विवादित विषयमा चाँडै सहमति गर्ने बारेमा पनि छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।एमालेका पदाधिकारी र मधेसवादी दलका नेताबीच भएको करिब तीन घण्टा लामो छलफलमा मोर्चाले एमालेको प्रस्ताव अस्वीकार गर्दै छिटोभन्दा छिटोसंविधान जारी गर्न निरन्तर छलफल गर्नुपर्नेमा जोड दिएको अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।

बैठकमा एमालेबाट अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहित मोर्चाका तर्फबाट  विजयकुमार गच्छदार, महन्थ ठाकुर,  राजेन्द्र महतो लगायतका नेताहरु उपस्थित भएका थिए ।