संवाद समितिले आज संविधानसभामा प्रतिवेदन पठाउने

मंसिर १९, काठमाडौँ-प्रमुख तीन दलका नेताहरुसँगको छलफल पछि स्वविवेक प्रयोग गरेर संबिधानसभामा प्रतिवेदन पठाउने जिम्मा पाएको संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा। बाबुराम भट्टराईले आज  प्रतिवेदन पठाउने भएका छन् । दलहरूको सहमति अनुसार नै समितिको प्रतिवेदन संविधानसभामा पठाउने भट्टराईले बताएका छन् ।

प्रमुख दलका नेताहरुसँग बैठकमा समितिले कसरी, कहिले र कस्तो प्रतिवेदन संविधानसभामा पठाउने भन्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ । हिजोको प्रमुख चार दलका नेताको बैठकले संवाद समिति सभापति डा। भट्टराईलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने निर्णय गरेको थियो ।