संसारमा नै बढी भ्रष्टाचार चीन र टर्कीमा

काठमाडौँ-एजेन्सी चीन, टर्की जस्ता द्रुत वृद्धि भइरहेका अर्थतन्त्रमा भ्रष्टाचारको अवस्था अझै नराम्रो अवस्थामा रहेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा यो तथ्य खुलाइएको छ। ट्रान्सपरेन्सीले विश्वका बैंकिङ केन्द्रलाई भ्रष्टाचार तथा मुद्रा निर्मलीकरण नियन्त्रण गर्न सहयोग गर्न आग्रह गरेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले वार्षिक भ्रष्टाचार अवधारणा सूचकांक ९सिपिआई० सार्वजनिक गरेको छ। सूचकांकमा सुडान, उत्तर कोरिया तथा सोमालिया सबैभन्दा भ्रष्ट मुलुक भएको उल्लेख छ भने डेनमार्क, न्युजिल्यान्ड तथा फिनल्यान्ड सबैभन्दा स्वच्छ मुलुक देखिएका छन्।

सूचकांकमा टर्कीमा भ्रष्टाचार निकै गुणा बढेको देखाइएको छ। यो मुलुक भ्रष्टाचारको विषयमा सबैभन्दा खस्केको देखिएको छ। यसैगरी उदाउँदा ठूला अर्थतन्त्र भनी चिनिएका ब्रिक्स ९ब्राजिल, रूस, भारत तथा चीन०को नतिजा नराम्रो देखाइएको छ।

बर्लिनमा केन्द्रीय कार्यालय रहेको यो समूहको तालिकामा सरकार, प्रहरी, अदालती प्रणाली, राजनीतिक दल तथा कर्मचारीतन्त्रमा भएका भ्रष्टाचारलाई उल्लेख गरिएको छ। यसैगरी यसले विकास प्रभावित बनाउने तथा गरिबी गहिरो पार्ने रोगका बारेमा पनि उल्लेख गरेको छ।