२४ घण्टाभित्र सहमती जुट्नेमा बाबुरामको विश्वास

मंसिर १८, दमक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले २४ घण्टा भित्र संबिधानका बिबादित बिषयमा सहमती हुने दावी गरेका छन् । झापामा आयोजीत एक कार्यक्रममा बोल्दै उनले संविधानका विवादित विषयमा प्रमुख राजनीतिक शक्तिहरुबीच सहमति हुन नसकीरहेका बेला पूर्वनिर्धारित समयलाई इगींत गर्दै त्यस्तो बताएका हुन् ।

भट्टराई कुल बंश प्रतिष्ठानको कुल पुजामा सहभागी हुन लागी बिहीबार दमक आएका उनले प्रमुख तीन दलका नेताले समितिको प्रतिवेदनका लाग आफूलाई ‘स्वविवेकीय’ अधिकार दिएपछि सहमतिको बाटो खुलेको उनले बताए । बिहिबार प्रधानमन्त्री निवासमा भएको छलफलमा  तीन दलका शीर्ष नेता र संबिधानसभाका अध्यक्ष सुवास नेम्वाङसंग भेटेर उनले छिटोभन्दा छिटो बिबादित बिषयमा सहमतीका लागी पहल गर्ने बताएका थिए ।