विवादका कारण पर्वत एमालेको अधिवेशन अन्योलमा

मसिर १८,पर्वत-नेकपा एमाले पर्वतको दुई गुट वीचको विवादका कारण पुर्वसन्ध्यामा रहेको महाधिवेशन अन्योलमा परेको छ । नेकपा एमाले पर्वत जिल्लाको यही मंसिर २१ देखि २३ गते सम्म हुने भनिए पनि विबादका कारण अन्योलता थप बढ्दै गएको छ । केन्द्रिय पार्टी कार्यालयबाट आठौ जिल्ला अधिबेशन स्थगित गर्ने आसयको पत्र आएका कारण विवाद झन चुलिएको हो  ।

पर्वतका एमाले अध्यक्ष एव सभासद विकास लम्सालले केन्द्रिय कार्यालय पत्र पठाएर स्थगित गर्न भनेकाले स्थगित गरिएको बताएपनि उपाध्यक्ष  राजु पौडेल पक्षले भने अधिवेशनको सम्पूर्ण तयारी सकिएका कारण कुनै पनि हालमा अधिवेशन नरोकिने र मंसिर २१ देखि २३ गते सम्म नै हुन दावि गरेको छ । जिल्ला अध्यक्ष लम्साल सहित संस्थापन पक्षले अधिबेशन स्थगित गरिएको बताएपनि उपाध्यक्ष

राजु पौडेल पक्षले तयारी सकिएको अबस्थामा अधिबेशन स्थगित नहुने बताएका कारण अधिबेशन अन्यौलमा परेको हो । उपाध्यक्ष तथा आगामी अधिबेशनमा अध्यक्ष पदका प्रत्यासी पौडेलले षड्यन्त्रपूर्वक अधिबेशन स्थगित गरिएको दाबी गर्दै प्रतिनिधी समेत छनौट भैसकेको अवस्थामा केन्द्रिय कार्यालयबाट षड्यन्त्रपूर्वक पत्र पठाए पनि स्थगित गर्न नसकिने बताएका छन् ।