सत्तासाझेदारका कारण माघ ८ मा संविधान नआउने निश्चित : गुरुङ

मंसिर १७, नवलपरासी-नेकपा–माओवादीका सचिव देव गुरुङले संविधान निर्माणको मुख्य बाधक नेपाली काँग्रेस र नेकपा  एमाले भएको  आरोप लगाएका छन्  ।  नवलपरासीको कावासोतीमा आज क्रान्तिकारी पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव गुरुङले एकीकृत नेकपा ९माओवादी०, नेकपा–माओवादीलगायतका मधेसवादी दलहरू पनि संविधान निर्माणको बाधक भएको बताएका हुन् ।

सचिव गुरुङले निकासका लागि राष्ट्रिय सहमतिको विकल्प नभएकामा जोड दिँदै राष्ट्रिय सहमतिका लागि संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिकसभा गर्नुपर्नेमा जोड दिए ।  सचिव गुरुङले माघ ८ मा जनसंविधान नआउने दाबी गर्दै माघ ८ मा जनसंविधान त परै जाओस् काँग्रेस एमालेले चाहेको २०४७ को जस्तो संविधान आउने सम्भावना प्रवल रहेको दाबी गरे ।