एमालेले जिल्लामा पठाउन थाल्यो नयाँ विधान र प्रतिवेदन

मंसिर १७, काठमाडौँ । नवौं महाधिवेशन सकिएको छ महिनापछि नेकपा एमालेले  महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान संशोधन र सङ्गठनात्मक प्रतिवेदनलाई मातहतको कमिटीमा पठाउन सुरु गरेको छ  ।

पार्टीको केन्द्रीय कमिटीले गठन गरेको परिमार्जन र प्रकाशनसम्बन्धी कार्यदलको सुझाव समेटेर ती प्रतिवेदन तल्लो कमिटीमा पठाइएको सचिव योगेश भट्राइले बताए ।

तीनवटै प्रतिवेदन दश-दश हजार प्रति मुद्रण गरिएको छ । संशोधित विधानमा पार्टीको नेतृत्व तहमा ७० वर्षपछि अवकाश हुने, पदाधिकारीको सङ्ख्या बढाउने, पोलिटब्युरो सदस्यमा चयन हुन एक कार्यकाल केन्द्रीय कमिटीको सदस्य हुनुपर्नेलगायतका प्रावधान राखिएको छ ।