भट्टराईले पाए समितिका प्रतिवेदन संविधानसभामा पठाउने अधिकार

मंसिर १७, काठमाडौँ-संविधानसभाको सैबैभन्दा शक्तिशाली र क्रियाशिल मानीएको समिती राजनीतिक सम्वाद तथा सहमति समितिले समितिका आएका प्रतिवेदनहरु संविधानसभामा पेश गर्ने भएको छ । सभापतिका हैसियतले समितिको प्रतिवेदन संविधानसभामा पठाउने विषयमा समिति सभापति बाबुराम भट्टराईलाई सम्पुर्ण अधिकार दिएको छ । अब भट्राइले आफ्नो ‘स्वविवेक प्रयोग’ गरेर निर्णय गर्ने अधिकार पाएका छन् ।

सिंहदरवारमा बिहान बसेको चार दलको बैठकले समिति सभापति भट्टराईलाई स्वविवेक प्रयोग गरी समितिको प्रतिवेदन संविधानसभामा पठाउने अधिकार दिएको हो । प्रतिवेदनको भाषा, अधिकार लगायतका विषयमा सबैजिम्मा भट्टराईलाई दिएको छ ।  संविधानसभाले कात्तिक १५ गतेभित्र संविधानमा सहमति भएका बुँदा र नभएका विषयमा प्रश्नावली सहितको प्रतिवेदन बुझाउन निर्देशन पाएपनि समितिले अझै प्रतिवेदन बुझाएको छैन ।