गीतकार तथा संचारकर्मी क्षेत्रीको अप्रेशन गरी ब्रेन ट्यूमर निकालिदै

मंसिर १७, काठमाडौँ-संचारकर्मी एवं गीतकार सूर्यकुमार क्षेत्रीको काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा अप्रेशन भइरहेको छ । ब्रेन ट्यूमरबाट पिडित क्षेत्रीको डाक्टर बसन्त पन्तको टिमले मध्यान्ह आज पछि उनको अप्रेशन मार्फत ट्यूमर झिक्ने काम भइरहेको अस्पतालले जनाएको छ । अप्रेशनका लागि मात्र करिब ५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।

पत्रकार तथा गीतकार क्षेत्रीको उपचारका लागि विभिन्न संस्थाले सहयोग गरिरहेका छन् । पाल्पाबाट पत्रकारीता सुरु गरेका क्षेत्री गीतकार समेत हुन् । धोका दिनेलाई के भनौँ र खोई, पानी पँधेरो लगायतका सयौँ गीतका सर्जक क्षेत्री नेपाल प्रेस यूनियनका सचिव समेत हुन् ।

उनको उपचारका लागी लोक दोहोरी प्रतिष्ठान नेपालको पहलमा कलाकार कल्याणकारी कोषबाट ३५ हजार, नेपाल प्रेस यूनियनबाट ५० हजार र पत्रकार महासंघबाट १५ हजार सहयोग प्राप्त भएको छ ।