धादिङमा ट्रक दुर्घटना : चारको मृत्यु, २ घाइते

मंसिर १७, धादिङ-काठमाडौंबाट चितवन जाँदै गरेको ट्रक धादिङमा दुर्घटना हुँदा चार जनाको मृउत्यु भएको छ । घटनामा अन्य २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार तिब्र गतिमा रहेको ग १ ख ३९८६ नम्बरको ट्रक दुर्घटना हुँदा पर्साको चोर्नी गाविस ९ का फुल महमद, अनिल महमद र अनवर महमदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मृतक अर्का एकजनाको सनाखत भइ नसकेको प्रहरीले जनाएको छ । घाइते चालक र सहचालकलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।