उद्योग मन्त्री बस्नेतले गरे प्रस्तावित औद्योगिक क्षेत्रको निरीक्षण

मंसिर १७, कञ्चनपुर- कञ्चनपुर उद्योग वाणिज्य सङ्घले उद्योग मन्त्री महेश बस्नेतलाई कञ्चनपुरको दैजीछेला क्षेत्रमा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रका बारेमा स्थलगत जानकारी गराएको छ ।   सुदूरपश्चिम भ्रमणमा रहेका मन्त्री बस्नेतलाई दैजीको छेला क्षेत्रमा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रका बारेमा स्थलगत जानकारी गराएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेशदत्त जोशीले बताए । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रहेको उद्योगी व्यवसायीको टोलीले मन्त्री बस्नेतलाई स्थलगत रुपमै लगेर निरीक्षण गराउनुका साथै त्यहाँ स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रका बारेमा जानकारी गराएको हो ।  वाणिज्य सङ्घका अध्यक्ष जोशीले मन्त्रीलाई स्थलगत रुपमा अवलोकन गराएपछि निकै सकारात्मक जवाफ आएको जानकारी दिए ।