पेट्रोलियम पदार्थमा घटाएको मुल्य आजदेखि लागु

मंसिर १७, काठमाडौँ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा घटाएको मुल्य आजदेखि लागु भएको छ । अन्तर्राष्ट्रिय बजार मुल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजनको क्रममा निगमले पेट्रोलमा दुई रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाएको हो । घटेको मुल्य आजदेखि लागु भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । अब पेट्रोलको मुल्य प्रतिलिटर १ सय २३ रुपैया तथा डिजेर मट्टितेलको मुल्य ९७ रुपैया कायम भएको छ । गत कार्तिक १३ गते रातिदेखि स्वचालीत मुल्य लागु भएपछि मुल्य समायोजन गरिएको यो पाँचौ पटक हो ।