अन्तर्राष्ट्रिय अपांगता दिवसको नारा ‘दिगो विकासका लागि प्रतिबद्धता’

मंसिर १७, काठमाडौँ-आज २३ औं अन्तर्राष्ट्रिय अपांगता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदैछ । यस बर्षको  अपाङ्गता दिवसको नारा ‘दिगो विकासका लागि प्रतिबद्धता’ भन्ने रहेको छ । दिवसका अवसरमा आज विभिन्न संघ संस्थाले कार्यक्रmको आयोजना गरेका छन् । विश्वमा हाल कुल जनसंख्याको १५ प्रतिशत अर्थात करिब १ अर्व भन्दा बढी मानिसमा अपांगता रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ । २०६८ साको जनगणना अनुसार नेपालको कुल जनसंख्याको १ दशमलब नौ प्रतिशत अपांगता भएका नागरिक छन् ।