६१ नगरपालिका थपीएसँगै अब नगरपालीको संख्या १९१ (सुची सहित)

मंसिर १६, काठमाडौँ-मन्त्रीपरिषदको बैठकले थप ६१ नयाँ नगरपालिकाको घोषणा गरेको छ।  मंगलबार बसेको मन्त्रीपरिषदको नियमित बैठकले ६१ नगरपालीकासँगै ७ वटा उपमहानगरपालकिा पनि थप्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा संचारमन्त्री मिनेन्द्र रिजालले बताए ।

यो निर्णसँगै अब नगरपालिकाको संख्या १९१ पुगेको छ भने उपमहानगरपालकिाको संख्या ११ पुग्ने भएको छ । यसैबिच मन्त्रिपरिषद्मा प्रस्तावित ६७ नगरपालिकामध्ये कलैया, बबइ, स्याङ्जाको गल्याङ तनहुँको भिमाद् र भानु तथा ललितपुरको बज्रबाराहीलाई फेरि थप अध्ययन गर्नुपर्ने भन्दै तत्काललाई रोकेको छ । यो सँगै काठमाडौं र भक्तपुर गाविसरहित जिल्ला बनेका छन्।

यी हुन् नयाँ थपिएका नगरपालिका

काठमाडौंमा गोकर्णेश्वर, दक्षिणकाली, तारकेश्वर, शंखरापुरा, चन्द्रागिरी, कागेश्वरी मनहरा, टोखा, नागार्जुन र बुढानिलकण्ठ नयाँ थपिएका नगरपालिका हुन्।

त्यस्तै ललितपुरमा कार्यविनायक, गोदावरी, महालक्ष्मी नगरपालिका घोषणा गरिएको छ। भक्तपुरमा अनन्तलिंगेश्वर, सूर्यविनायक, चाँगुनारायण र महामञ्जुश्री नगरकोट नयाँ नगरपालिका हुन्।

त्यस्तै धनुषा जिल्लामा  गणेशमान चारनाथ, मिथिला र सबैला गरेर तीन नयाँ नगरपालिका थपिएका छन्। तीन नगरपालिका थपिने अर्को जिल्ला बारा हो।