ट्रक पल्टीदा महिलाको मृत्यु

मंसिर १६,चितवन-मुग्लिन नारायणगढ सडकखण्डमा मंगलबार सवारी दुर्घटना हुँदा एक महिलाको र्मत्यु भएको छ । चितवनको नारायणगढबाट मुग्लीनका लागी छुटेको बा २ ख १८२७ नम्बरको ट्रक चण्डीभन्ज्याङमा सडकबाट खस्दा ट्रकमा सवार चण्डीभन्ज्याङ चिसापानीकी ३२ बर्षका सपना गुरुङ्गको ज्यान गएको छ । चन्डीभन्ज्याङ ६ कालिखोलाबाट ट्रक ३०० मिटर तल खसेको छ । ट्रक चालक भिष्मकुमार गुरुङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।