निरक्षरता उन्मुलन गर्ने नेता नेपालको प्रतिबद्धता

मंसिर १५ , रौतहट-नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले निरक्षरता उन्मुलन गर्नका लागि सक्रिय रहने बताएका छन् । मंगलबार गृह जिल्ला रौतहटमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका हुन् । सो अवसरमा  नेपालका अलावा  रौतहटका सभासदहरुले पनि उनको भनाईमा ऐकिवद्धता जनाएका थिए । जिल्ला शिक्षा कार्यालय रौतहट र अनौपचारिक शिक्षा केन्द्रले आयोजना गरेको साक्षर नेपाल अभियान कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय जनगणना ०६८ अनुसार रौतहटमा एक लाख २३ हजार ६ सय ९८ जना निरक्षर रहेका छन् । कार्यक्रममा एमाले नेता नेपालले जिल्लाका सबै राजनीतिक दल, शिक्षक, बुद्धिजीवी र सरोकारवालाहरु सबै एक भएर साक्षरता अभियानमा लाग्नुपर्ने बताए । उनले माघ ८ मै संविधान आउनेमा ढुक्क हुनपनि आग्रह गरे ।