संविधान जारी भएपछि एक मिनेट पनि कुर्चीमा बस्दिन : प्रम कोइराला

मंसिर १६, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गरेको एक मिनेटमा नै राजिनामा दिने बताएका छन् । कोइरालाले अहिलेको असूथामा सहमतिका लागी मात्रै कुर्चीमा बसेको बताउँदै मुलुकले संविधान पाएको दिन आफुले स्वतह प्रधानमन्त्रीको पद त्याग्ने बताएका हुन् ।

नेपाली काँग्रेसका नेता भीमबहादुर तामाङको तेस्रो पुण्यतिथिका अवसरमा राजधानीमा भएको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सहमतिको लागि मात्रै आफु कुर्सीमा बसेको बताउदै सहमति गरेर छोड्ने बताउनु भयो ।

प्रधानमन्त्रीले उनले मुलुकका प्राकृतिक स्रोतसाधनको सदुपयोगका लागि आवश्यक पर्ने वैदेशिक लगानीका सम्बन्धमा भएका सन्धि सम्झौतामा नदीनाला बेचिएको हल्ला आएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह  समेत गरे । काृइरालाले निर्धारित समयमा नै संविधान बन्नेमा विश्वास दिलाए ।