सहमतीय सरकारको पक्षमा एमाले, संविधान निर्माण प्रक्रिया ओझेलमा

मंसिर १६, काठमाडौं-संविधानका विबादित विषयमा राजनीतिक संवाद तथा सहमती समितीले भोली सम्मका लागी सहमती गर्ने म्याद पाइरहेका बेला संविधानसभाको दोश्रो ठुलो दल नेकपा एमालेले सहमतिय सरकारको गठनको आवश्यकता रहेको भन्दै छलफल शुरु गरेको छ ।

सोमबार मधेशकेन्द्रीत दलहरुसंगको छलफलमा एमालेले सरकारमा सहभागि हुन औपचारीक प्रस्तावनै गरेको हो । संविधानसभाको सम्बाद समितिमा दलहरुले सहमतिको प्रयासका लागि केही समय मागीरहेका बेला एमालेले यस्तो छलफल अगाढी बढाइ रहेका बेला संविधानका बिबादित बिषयमा केन्द्रीत भएर दलिय बैठक भने बस्न सकेको छैन ।

शीर्ष तहमा छलफल गर्न भन्दै सम्बाद समितिको बैठक भोली सम्मकोलागि स्थगित गरेका दलहरुले आज पनि छलफलको तयारी गरेका छैनन् ।  पछिल्लो अबस्थाले माघ ८ मै संविधान बन्ने संभावना कम हुदै जाँदा एमालेले सत्ता राजनीतिको नयाँ खेल शुरु गरेको हो । प्रधानमन्त्री शुशिल कोईरालाले नयाँ संविधान जारी गरेपछि मात्रै आफुले सरकार छोड्ने सार्वजनिक बक्तव्य दिइसकेका छन् ।