असहाय व्यक्ति र प्रम कोइराला बिच अन्र्तक्रिया हुने

मंसिर १६, काठमाडौँ -२३औं अन्तराष्ट्रिय दिवसको अघिल्लो दिन आज “अपाङ्गता भएका ब्यतिहरुसँग प्रधानमन्त्री’ भन्ने एक कार्यक्रमको पनि आयोजना हुँदैछ । मध्यान्हमा प्रधानमन्त्री निवास बालुवाटारमा हुने अन्तक्रियात्मक कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला र अपाङ्गता भएका व्यक्ति, संस्थाहरुको उपस्थिति रहनेछ । कार्यक्रममा अपाङ्गता भएकाहरुले आफ्नो सबाल राख्ने र सरकारले त्यस क्षेत्रमा पुर्याउन सक्ने योगदानको विषयमा छलफल हुने जनाइएको छ । भोली मनाइने  अपाङ्गता दिवसको नारा “दिगो बिकासका लागि : प्रबिधिमा प्रतिबद्धता“ भन्ने तय गरिएको छ ।