किन बढ्दैछ गृहणी महिलामा एचआईभी संक्रमण दर ?

काठमाडौँ-गृहणी महिलाहरुमा   एचआईभी संक्रमण हुने दर बढ्दै गएको छ । संक्रमित हुनेहरुमा गृहणीको संख्या दोस्रो स्थानमा छ । ‘पहिला संक्रमितमध्ये यौनकर्मीहरु १६ देखि १७ प्रतिशतसम्म हुन्थे तर अहिले घट्दै गएर दुई प्रतिशतमा झरेको छ’ भरतपुरमा आयोजित पकार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा जिल्ला एड्स समन्वय समितिका सदस्य सचिव दिनेशकुमार चापागाईले यस्तो बताएपछि उपस्थित सबै हेरेको हेर्यै भए । चपागाईका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै २७ दशमलब तीन प्रतिशत कामका लागि बसाइँसराइ गर्दै हिँड्नेहरु रहेका छन् । त्यसपछि २७ प्रतिशत गृहणीहरु रहेको उनले बताए । ‘पहिला संक्रमितमा यौनकर्मी धेरै थिए, अचेल उनीहरुको संक्रमित हुने दर घटेर गयो । तर समस्या घरभित्र छि¥यो’ उनले भने । पहिला संक्रमितमा २१ प्रतिशत गृहणीहरु थिए । यी स्वास्थ्य संस्थाहरुमा गत वर्ष १६६२ जना गर्भवतीको परीक्षण गरिएकोमा आठजना संक्रमित भेटिएको उनले जानकारी दिए । गर्भवती संक्रमित भएको पत्ता लागेपछि उनीहरुबाट जन्मेका बच्चाहरुलाई संक्रमणबाट मुक्त बनाएको उनले बताए । गत वर्ष कुल तीन हजार ९६९ जनामा एचआईभी परीक्षण गरिएकोमा १२६ जना संक्रमित फेला परेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । चितवनमा १५ सयदेखि दुई हजारजना संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमान छ । रगत परीक्षणबाट भने अहिलेसम्म साढे ११ सयजना संक्रमित पत्ता लागेका छन् ।