२६ बिधाको कामना अवार्डमा महशुशको बर्चस्व

काठमाडौँ-कामना सिने मासिक ३१ बर्ष पुगेको अवसरमा उसले चलचित्रकर्मी  तथा कलाकारहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । सिजी इन्टरटेनमेन्टको सहकार्यतामा कामना मासिकले २६ बिधा सहित २ लाइफटाइम अचिभमेन्ट अर्वाडले कलाकारलाई सम्मानित गरेको हो । सो अवसरमा ६ विधामा पर्न सफल चलचित्र महशुसका नायक र नायीकाले आर्यन सिग्देल र नायिका सर्वोत्कृट नायक र नायिका हुन सफल भएका छन् ।

kamana awardअवार्डमा कलाकारिता तर्फको ‘किर्तीमय दिर्घ योगदान’बाट हरिप्रसाद रिमाललाई नगद १ लाख सहित सम्मान, प्राविधिक तर्फको ‘किर्तीमय दिर्घ योगदान’बाट बैकुण्ठमान मास्केलाई नगद १ लाख सहित सम्मान, संगीतर्फको क्रिटिक्स अवार्ड हरी लम्साल, फेशनतर्फको क्रिटिक्स अवार्ड मुक्ता श्रेष्ठ र थिएटर तर्फको क्रिटिक्स अवार्ड प्रविण खतिवडालाई प्रदान गरियो ।

जुरी अवार्डबाट भने चलचित्र ‘अन्तराल’ पुरस्कृत बन्यो  । सो आवसरमा सिजी कामना फिल्म अवार्ड्स २०७१ मा नेपाली चलचित्र क्षेत्रका कलाकार, पत्रकार, चलचित्रकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

 

सिजी कामना फिल्म अवार्ड्स २०७१ का विजेताहरु:
१.उत्कृष्ट श्रृङ्गार : निमा लामा (धन्दा)
२. उत्कृष्ट साउण्ड डिजाइनर : उत्तम न्यौपाने (मौन)
३. उत्कृष्ट छायांकार : हरी हुमागाँइ (होस्टेल)
४.उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल (होस्टेल)
५.उत्कृष्ट द्वन्द्व : सूर्य थोकर (लभ फरेभर)
६. उत्कृष्ट ब्याकग्राउन्ड स्कोर स् रोहित शाक्य (मौन)
७. उत्कृष्ट नृत्य : कविराज गहतराज (काली)
८. उत्कृष्ट कथा : प्रविण श्रेष्ठ (मोक्ष)
९. उत्कृष्ट पटकथा : नवल नेपाल (महशुश)
१०. उत्कृष्ट संवाद : राजन कठायत र प्रज्ञान थापा (मोक्ष)
११. उत्कृष्ट नव–नायिका : प्रकृती श्रेष्ठ (होस्टेल)
१२. उत्कृष्ट नव–नायक : कोशिश श्रेत्री (मोक्ष)
१३. उत्कृष्ट पाश्र्व–गायक : प्रेम परियार (नाइ नभन्नु ल २)
१४. उत्कृष्ट पाश्र्व–गायिका : रजिना रिमाल (नाई नभन्नु ल २)
१५. उत्कृष्ट हाँस्य कलाकार : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट खलपात्र : मनोज आर.सी (मधुमास)
१७. उत्कृष्ट बाल–कलाकार : अनुभव रेग्मी (नाई नभन्नु ल २)
१८. उत्कृष्ट नव–निर्देशक : प्रविण श्रेष्ठ (मोक्ष)
१९. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
२०. उत्कृष्ट संगीतकार : गैरे सुरेश (नाई नभन्नु ल २)
२१.उत्कृष्ट सह–अभिनेत्री : वेनिशा हमाल (महशुश)
२२. उत्कृष्ट सह–अभिनेता : गौरव पहारी (होस्टेल)
२३. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (महशुश)
२४.उत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुश)
२५. उत्कृष्ट निर्देशक : नवल नेपाल (महशुश)
२६. उत्कृष्ट चलचित्र (महशुश)