माओवादीका संयोजक चन्दले हुने नहुने सबै बोलेपछि

मंसिर १६, काठमाडौँ -मोहन बैद्यबाट चोइटिएर सोमबार मात्रै नयाँ पार्टी खोलेका नेकपा माओवादीका संयोजक नेत्र विक्रम चन्दले छुट्टै पार्टी गठन गर्नु अप्रिय निर्णय भएको बताउएका छन् । नयाँ पार्टीको उद्घाटन समारोहमा उनले प्रचण्ड र बैद्यले नेतृत्व गरेको माओवादी पार्टीले जनताको एजेण्डा उठाउन नसक्दा अप्रिय निर्णय लिनु परेको स्पष्ट पारे । सो अवसरमा उनको  आफ्नो सबैभन्दा ठुलो शत्रु नेपाली काँग्रेस भएको बताउँदै माओवादीले टुक्राटुक्रा भएर विभाजित भएका सवै माओवादी पार्टीहरुलाई फेरि एकजुट बनाउने अभियान चलाउने समेत बताए ।

उनले माओवादीहरू एकीकृत रुपमा कांग्रेस–एमालेविरुद्ध लड्नका लागि अभियान सुरु गरेको बताए । ‘नेपालमा अब माओवादी फुट्ने छैन’, उनले भने, ‘सबै माओवादी एउटै ब्यानरमुनि एउटै केन्द्र वरिपरि गोलबन्द गर्ने अभियान सुरु भएको छ ।’ उनले भारतमा गरिएको १२ बुँदे सहमतिभन्दा पहिले नै रोल्पामा कांग्रेस–एमालेसँग राजतन्त्रविरुद्ध एक भएर लड्ने सहमति भएको खुलासा गरे । विप्लवले पत्रकार सम्मेलनमा सम्बोधन गर्दै भने ‘हामीले युद्ध चाहँदैनौं ।

स्वाधिनता चाहेका छौं । त्यसका लागि बलिदान गर्नुपर्छ भने तयार छौं ।’ विप्लवले अहिले माओवादीसँग सेना नभएको खुलासा गर्दै कसैले सेना खोइ भनेर चुनौती दिएमा कति समयमा देखाइदिनु पर्ने हो देखाइदिन्छौँ भन्दै चुनाती समेत दिए ।