किन नेता र सभासद्लाई लगाम लगाउँदै छन् अध्यक्ष ओली ?

मंसिर १६, काठमाडौँ-आफु भने उखान टुक्का र बाह्रखरी  प्रयोग गर्दे भाषण र सवाल जवाफ गर्ने एमाले अध्इक्ष केपी शर्मा ओलीले आपल्ना नेता तथा सभासदलाई नयाँ संविधान निर्माणका विषयमा आफ्नो लाइनविपरीत नबोल्न निर्देशन दिएका छन् । बल्खुस्थित पार्टी मुख्यालयमा राजधानी विशेष समन्वय कमिटीले सोबार आयोजना गरेको कार्यक्रममा पार्टीको आधिकारिक धारणाविपरीत जथाभावी नबोल्न ओलीले निर्देशन दिएका हुन ।

उनले संविधान निर्माणको समय नजिक आइरहेकाले जथाभावी बोल्दा पार्टी नीतिविपरीत हुने भएकाले संविधान निर्माणमा समस्या पर्ने बताए  । उनले एमालेका सभासद्ले अरूको पार्टीको हितका हुने खालका कुरा नगर्न पनि निर्देशन दिए । अघिल्लो संविधानसभाका बेला एमालेका आदिवासी जनजाति, मधेसी सभासद्ले पहिचानसहितको संघीयताका पक्षमा कदम उठाएका थिए । यस्तै कारण एमालेमा यसअघि फुट आएको सिथयो ।