एमालेले मधेसी दललाई भन्यो सरकारमा आउ, मिलेर संविधान बनाऔँ

मंसिर १६, काठमाडौँ-संविधानसभाको दोश्रो ठुलो तथा सत्तासाझेदार दल नेकपा एमालेले मधेसवादी दललाई सरकारमा आउन आग्रह गरेको छ ।  नेकपा एमालेको सोमबार बसेको सयुक्त बैठकमा एमाले मधेसी दलहरु सराकारमा आएर संविधानसभामा सकारात्मक हुने होभने समयमा संविधान जारी हुने र आम जनताले शान्ती पाउने भन्दै उसले यस्तो आग्रह गरेको हो । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा आज भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा आउन औपचारिक प्रस्ताव गरेका हुन् ।

मोर्चाले संविधान नबनेसम्म सरकारमा नजाने अडान दोहोर्याएको छ । राष्ट्रिय सहमति नभए माघ ८ गते संविधान जारी हुन नसक्ने उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले मधेसवादी दलका नेताहरुलाई राष्ट्रिय सहमतिको सरकारका लागि आहृवान गरेका हुन् । बैठकमा सहभागी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले एमालेले सरकारमा आउन आग्रह् गरेको तर आफुहरुले अस्वीकार गरेको बताए ।