गढिमाईको बिबाद अझै टुंगो लाग्न सकेन, प्रसासनको रोहबरमा आज वार्ता हुने

मंसिर १४, बारा-बारामा प्रत्येक ५ बर्षमा लाग्ने गढिमाई मेलामा बलि दिइएका बोका तथा राँगाको व्यबस्थापनमा देखिएको बिबाद अझै टुंगो लाग्न सकेको छैन । मेला व्यबस्थापन समिति र स्थानीयबीचको बिबादका कारण मारिएका राँगा तथा बोकाको व्यबस्थापनमा समस्या भएको हो ।

मेला व्यबस्थापन समितिले मारिएका रागा तथा बोकालाई बिक्रि गर्ने तयारी गरेपछि स्थानीयले भने गढिमाइको पर्साद बेच्न नपाइने भन्दै बिरोध गरिरहेका छन् ।

स्थानीय र व्यबस्थापन समितिबीचको बिबाद मिलाउने प्रयासमा आज स्थानीय प्रसासनको रोहबरमा वार्ता गर्ने तयारी भैरहेको मेला व्यबस्थापन समितिले जनाएको  छ । बली दिइएका राँगा तथा बोकाको समयमा नै उचित व्यबस्थापन नहुदा त्यस क्षेत्रमा रोगको संक्रमणको खतरा बढेको स्थानीयले बताएका छन् ।