संसदीय समितिले गर्यो लोकमानलाई बोलाउने निर्णय

मंसिर १४, काठमाडौँ-संसदीय समितिले अख्तियार प्रमुख लोकनमासिंह कार्कीलाई फेरि बोलाउने निर्णय गरेको छ ।  संसदको कृषि तथा जलस्रोत समितिले अख्तियार प्रमुख कार्कीलाई संसदीय समितिमा उपस्थित हुन निर्देशन दिएको छ । आज बसेको गगन थापा सभापति रहेको समितिले कार्कीलाई समितिले बैठकमा आउन फेरि पत्र काटेर बोलाउन लागेको हो । कार्कीले यसअघि सुशासनबाहेक अन्य समितिमा नआउने बताउँदै समितिले दिएको निर्देशन अवज्ञा गरेका थिए । समितिको बैठकमा उर्जामन्त्री राधा ज्ञवालीले विवादास्पद काबेली जलविद्युत आयोजना निर्माण कार्य रोक्न नहुने बताइन् ।