फेम्बोसाको बैठक आज पनि जारी

मंसिर १४, काठमाडौँ-दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कमा आबद्ध राष्ट्रका निर्वाचन व्यवस्थापन गर्ने निकायको साझा मञ्च फेम्बोसाको बैठक आज पनि जारी छ । बैठकमा सार्क राष्ट्रमा गरिने निर्वाचन प्रकृया, त्यसको लागत, लगायत विषयमा विभिन्न राष्ट्रका प्रतिनिधिहरुले जानकारी गराउने जनाइएको  छ । बैठकको समापन आज दिउसो २ बजे पछि गरिने छ । हिजो उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेको बैठकमा भुटानले नेपाललाई अध्यक्षता हस्तान्तरण गरेको थियो । फेम्बोसाको अध्यक्षता एक वर्षसम्म नेपालका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले गर्नेछन ।