सडक आन्दोलनका विषयमा छलफल गर्न मोर्चाको बैठक बस्दै

मंसिर १३, काठमाडौँ-एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाको बैठक आज बस्ने भएको  छ ।  सिंहदरबारस्थित एकीकृत माओवादीको संसदीय दलको संसदीय दलको कार्यालयमा केही बेरमा सुरु हुने बैठकमा संविधान निर्माणका क्रममा अहिलेसम्म भएका सहमतिका प्रयास तथा मोर्चाले गर्ने आन्दोलनलगायतका विषयमा छलफल हुने एमाओवादीका प्रवत्तःा दिनानाथ शर्माले बताए । स्रोतका अनुसार सक्तारुढ दलका विरुद्धमा  सडक आन्दोलन गर्ने निर्णय गरिसकेको मोर्चाले त्यही आन्दोलनको तयारीलगायतका विषयमा छलफल गर्ने जनाएको छ ।