सडकका बगैंचा बिगार्नेलाई सार्वजनिक अपराध मुद्दा

मंसिर १३, काठमाडौँ-दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० सम्मेलनका बेला सडकछेउमा लगाइएका विरुवा तथा फूल उखेल्ने र विगार्नेलाई काठमाडौं महानगरपालिकाले सार्वजनिक ऐनअन्तर्गत कारबाही गर्ने भएको छ । सम्मेलन सकिएको भोलिपल्टैबाट सडकका विरुवा उखेल्ने,च्यात्ने र विगार्ने गरेको पाइएपछि महानगरपालिकाले त्यसमा संलग्न व्यक्तिलाई कारबाही गरिने जनाएको हो ।
सार्क सम्मेलनका क्रममा काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले माइतीघर मण्डलादेखि तिनकुनेसम्मको सडकछेउमा बगैंचा बनाई फूल तथा विभिन्न जातका विरुवा रोपेका थिए । बगैंचा निर्माण गर्न मात्रै एक करोड भन्दा बढी खर्च लागेको बताइएको  छ ।